महोत्तरीमा ७० वर्षीय वृद्धलाई खोलाले बगायो

२०७६ असार २७,शुक्रबार १५:३५

महोत्तरी २७ असार । महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो ।

अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले आज बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घाँस काट्न वनमा गएको बैठाले खोला तर्न खोज्दा बाढीले बगाएर लगेको प्रहरीले जनाएको छ ।
बाढीले मानिस बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली र सशस्त्र प्रहरीले उनको खोजी गरिरहेको गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*