मकवानपुरको थाहा नगरमा भिरबाट लडेर एक जनाको मृत्यु

२०७६ असार २७,शुक्रबार १५:२६

मकवानपुर २७ असार । मकवानपुरको थाहा नगरपालिकामा गएराति भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्ला जितपुर नगरपालिका वडा नम्बर ६ बस्ने २७ बर्षिय उमेश यादव रहेका छन् ।

यादवको सोही नगरपालिका वडा नम्बर ७, आग्राको बाल्चा भिरबाट लडेर मृत्यु भएको हो । भिरबाट लडेर गएराती नै मृत्यु भएपनि प्रहरीलाई भने आज बिहान मात्र खवर आएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*