थाहा नगरमा खोलाले बगाएर १२ बर्षीया बलामीको मृत्यु

२०७६ असार २७,शुक्रबार १५:०९
File Photo

मकवानपुर २७ असार । मकवानपुरको थाहानगरपालिका वडा नम्बर ३ मा १ जना बालिकाका मृत्यु भएको छ ।

अविरल बर्षाको कारण बढेको दम्किमा खोलाले बगाएर १२ बर्षकी सन्चना बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक एसपी मुकेश कुमार सिंहले तु खबरलाई जानकारी दिए ।

उनका अनुसार बलामीलाई आज दिउँसो १२ बजे विद्यालयबाट फर्कँदै गर्दा खोलाले बगाएको थियो ।

स्थानीयहरुले उनलाई ४ सय मिटर तल अचेत अवस्थामा फेला पारेपछि पालुङ स्वास्थ्य केन्द्रमा उपचारको लागि लगेका थिए ।
उनलाई पालुङ स्वास्थ्य केन्द्रले २ बजेर ४० मिनेटमा मृत घोषणा गरेको हो ।

उनी जनकल्याण माविमा कक्षा ६ मा अध्ययन गर्दै आइरहेकी थिइन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*