हिरासत कक्षको ग्रिल काटी फरार रहेका दुई अभियुक्त पुनः पक्राउ

२०७६ असार २७,शुक्रबार १५:००

काठमाडौं, २७ असार । हिरासत कक्षको ग्रिल काटी फरार अभियुक्तहरु रामेछाप नगरपालिका–५ बस्ने २५ वर्षीय बिकाश उर्फ (रुपेश) भन्ने रुद्रलाल श्रेष्ठ र सोही ठाउँ बस्ने २५ वर्षीय शम्शेर माझी पुनः पक्राउ परेका छन् ।

उनीहरुलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं बौद्ध जम्बुडाँडाबाट बुधबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग बुङमती, भैसेपाटी ललितपुरको हिरासत कक्षको शौचालयको झ्यालमा रहेको फलामको ग्रिल काटी सोमबार रातिको समयमा श्रेष्ठ र माझी फरार भएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*