४ लाख घुससहित जिल्ला वनका प्रमुख लामा पक्राउ

२०७६ असार २७,शुक्रबार १४:४५

काठमाडौं २७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले ४ लाख घुससहित जिल्ला वनका प्रमुखलाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामा उक्त घुस रकमसहित उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा डीएफओ लामालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ । लामालाई पक्राउ गरि घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*