पहिरोको कारण कान्तिलोकपथ सडकखण्ड पनि अवरुद्ध

२०७६ असार २७,शुक्रबार १४:२४

मकवानपुर २७ असार । अविरल बर्षाको कारण कान्तिलोकपथ सडकखण्ड पनि अवरुद्ध भएको छ । हेटौँडा–काठमाडौं जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको सो सडकखण्डका विभिन्न स्थानमा पहिरो आएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कान्तिलोकपथ अन्तरगत मकवानपुरको ठिंगनका विभिन्न भागमा पहिरो गएको छ । त्यसैगरी ललितपुर क्षेत्रको टिकाभैरव लगायतका स्थानमा पहिरोले सडकनै परिएको प्रहरीले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*