भीमफेदीमा सोमबहादुरको घर पुरीयो, मानविय क्षति भएको आशँका

२०७६ असार २७,शुक्रबार १४:०७

मकवानपुर २७ असार । अविरल बषाको कारण भीमफेदी गाउँपालिका वडा नम्बर ५ दमारस्थित सोमबहादुर घलानको घर पहिरोले पुरेको छ ।

घरसंगै उनका परिवार समेत पहिरोमा परेको स्थानीय सुरेन्द्रराज थिकेले जानकारी दिए ।
पहिरोमा परेर मानविय क्षति भएको हुनसक्ने आशँका गरिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

अविरल बर्षाकै कारण भीमफेदीमा सडक अवरुद्ध हुनुको साथै विद्युत प्रवाहमा समेत समस्या भएको छ ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*