अपडेट : बागझोरामा आएको बाढी अझै घटेन

२०७६ असार २७,शुक्रबार १३:५३

मकवानपुर २७ असार । अविरल बर्षाको कारण मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित बागझोरामा आएको बाढी अझै नघटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

निरन्तर बर्षा भइरहेको कारण बाढी नघटेको प्रहरीले जनाएको छ ।

आज शुक्रवार विहान ९ बजेपछि बाढीको कारण त्रिभुवन राजपथ हुँदै हेटौँडा–काठमाडौ लगायतका स्थानमा यात्रा गर्ने सवारी यात्रुहरु समस्यामा परेका छन् ।

बाढीका कारण त्रिभुवन राजपथ अन्तरगतको हेटौँडाबाट भैँसे, नामटार, दामन पालुङ र भिमफेदी, सिस्नेरी, फोखेल र काठमाडौं जाने बाटो समेत अवरुद्ध भएको छ । बाढीका कारण ४ घण्टादेखि सवारीसाधन सो बाटो हुँदै संचालन हुन सकेको छैन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*