खोलाले बगाएर ८ वर्षीय बालक बेपत्ता

२०७६ असार २७,शुक्रबार १४:१५

दक्षिणी पाँचथरको मिक्लाजुङ गाउँपालिकाको केन्द्रमा एक बालक खोलाले बगाएर बेपत्ता भएका छन् ।

रवि बजारमा नुवा खोलेले अन्दाजी ८ वर्षीय जीवन राई खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कर्यालय पाँचथरले जनाएको छ ।

बेपत्ता भएका बालक स्थानीय होलिचाईल्ड स्कुलकमा अध्ययनरत छन् । उनलाई बढ्ना जानेक्रममा खोलाले बगाएको थियो ।

घटनास्थलमा अहिले इलाका प्रहरी चौकि रवि र स्थानीयले खोजी गरिरहेको प्रहरीले जनाएको छ । पाँचथरमा आइतबारदेखी लगातार वर्षा भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*