पहिरोले घर पुर्दा दुई जनाको मृत्यु र दुई जना घाइते

२०७६ असार २७,शुक्रबार १३:२२

लगातारको वर्षापछि आएको पहिरोले काभ्रेको बनेपा नगरपालिका–३ मा रामप्रसाद दंगालको घर पुरिएको छ ।पहिरोले घर पुर्दा दुई जनाको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको छ ।
बुहारी सुशीला र अर्की नातिनी अनुस्कालाई उद्दार गरि दुबैको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*