पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, दुई घाईते

२०७६ असार २७,शुक्रबार १३:००

काठमाडौं, २७ असार । काभ्रेको बनेपा नगरपालिका–३ मा पहिलो घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् ।

वर्षासँगै आएको पहिरोले स्थानीय रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएकार रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको छ ।

बाढीमा पुरिएर उनका बुहारी सुशीला र नातिनी अनुस्कालाई घाईते भएका छन् । उनीहरु दुबै जनाको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै शुक्रबार नै पहिरोले पुरेर रामेछापमा १ महिलाको ज्यान गएको छ भने अर्का १ जना घाइते भएका छन् ।

पहिरोले पुरेर रामेछाप नगरपालिका–५, रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको हो ।

घर नजिकै रहेको गोठमा घाँस हाल्न गएकी पदमकुमारीसँगै अर्का ४५ वर्षीय असली सुनुवारलाई पनि बगाएको थियो । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार, असलीको भने ज्यान जोगिएको छ । उनी घाइते छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*