बाढीपहिरोको कारण मकवानपुरका विभिन्न स्थानमा सडकखण्ड अवरुद्ध

२०७६ असार २७,शुक्रबार १०:२१

मकवानपुर २७ असार । विहिबारदेखि लगातार आइरहेको वर्षाका कारण आएकोे बाढीपहिरोले गर्दा मकवानपुरको भिमफेदी, फाखेल, सिस्नेरी र कान्तिलोकपथ लगायत विभिन्न स्थानमा सडकखण्ड अवरुद्ध भएको छ ।

बाढीपहिरोको कारण हेटौँडाबाट काठमाडौँ जाने त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपलिका वडा नम्बर १ स्थित बागझोरामा बाटो अवरुद्ध भएको छ ।

उक्त बाटो अवरुद्ध हुँदा हेटौँडाबाट भिमफेदी, भैसे, नामटार, दामन पालुङ र काडमाडौं जाने यातायाताका साधनहरु पनि रोकिएका छन् ।

त्यसैगरी मकवानपुरकै फाखेल र सिस्नेरीमा झरेको पहिरो अझै हटाउँन नसकिएका कारण बाटो सुचारु हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यता, निरन्तर परेको बर्षासंगै गएको पहिरोले गर्दा सोमबारदेखि अवरुद्ध कान्तिलोकपथ सुचारू हुन सकेको छैन ।

कान्तिलोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका ८ गगटे, कालोपहिरो भन्ने ठाउँमा सोमबार दिउँसो पहिरो र मंगलबार बिहान लेनडाडा सिमात खोला नजिकै ठुलो ढुङ्गा खस्दा राजपथ अबरुद्ध बनेको इलाका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ ।

बागझोरा खुलाउँने प्रयास भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै , फाखेल, सिस्नेरी र कान्तिलोपथको बाटो पनि खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । बर्षाको कारण खोलामा पानिको वहाव लगाता बढीरहेको छ ।

यो पनि पढ्नु होस् ।

वर्षाका कारण हेटौँडा-५, गर्दोहीको ३ घर डुवानमा


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*