नेपाल प्रहरीको डिएसपी हुँ भनी ठगी गरेको अभियोगमा लुईटेल पक्राउ

२०७६ असार २६,बिहीबार १७:३५

काठमाडौं, २६ असार । नेपाल प्रहरीको डिएसपि हुँ भनी ठगी गर्दै हिँड्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ धुनिबेसी नगरपालिका–२ घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुईटेल रहेका छन् । उनलाई काठमाडौं नागार्जुन नगरपालिका–७ सितापाईलाबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।

लुईटेलले काठमाडौं चन्द्रागिरी बस्ने व्यक्तिलाई म नेपाल प्रहरीको सिआइबिमा कार्यरत डिएसपि हुँ मेरो सेक्युरिटी कम्पनी रहेको र सो कम्पनीमा ५ प्रतिशत सेयर हाल्न नगद १ लाख ६० हजार रुपैयाँ पर्छ भनि पटकपटक भेट तथा फोन समेत गरी नगद १० हजार रुपैयाँ लिई सकेको र अन्य रकम माग गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट रेडियो सेट १ थान, सो को चार्जर १ थान र नगद १० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । पक्राउ परेका लुईटेल उपर ठगी मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*