विप्लव समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्नु : मन्त्री बास्कोटा

२०७६ असार २६,बिहीबार १७:१४

काठमाडौं २६ असार । सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले प्रतिपक्ष नेपाली कांग्रेसलाई नेत्रविक्रम चन्द विप्लव समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन् ।

उनले सो समूहले गर्दै आएको हिंसात्मक गतिविधिको सहारामा कांग्रेसले सरकारमाथि प्रश्न उठाउँदै आएको भन्दै दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका हुन् ।

भोजपुरमा चन्द समूह र प्रहरीबीच भएको झडपमा बुधबार दुवै पक्षका एक–एक जनाको मृत्यु भएको थियो । सोही घटनालाई लिएर कांग्रेसले सरकारले ‘मृत्युको व्यापार’ गरिरहेको आरोप लगाउँदै आएको छ । कांग्रेसको भनाइबारे टिप्पणी गर्दै मन्त्री बास्कोटाले आपत्ति जनाएका हुन् ।

मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याबारे छानबिन गर्न संसदीय समिति गठन गर्न नसकिने अडान राखे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*