घुस लिएको अभियोगमा एक सरकारी कर्मचारी पक्राउ

२०७६ असार २६,बिहीबार १७:०२

काठमाडौं २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  घुससहित नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई पक्राउ गरेको छ । उनलाई प्रहरी रु पाँच हजार घुसहित पक्राउ गरेको हो ।

विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा विभिन्न बहाना देखाउँदै घुस मागेको अभियोग लागेको छ ।

विष्टलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले लगनखेलस्थित युएण्डबी फाष्टफुडबाट पक्राउ गरिएको थियो ।

आरोपी विष्टको थप अनुसनधान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*