चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्ति प्रक्रिया रोक्न डा. गोविन्द केसीको माग

२०७६ असार २६,बिहीबार १६:४६

काठमाडौं २६ चैत । चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा हाल भइरहेको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक्न माग गरेका छन् ।

सरकारले नियुक्ति प्रक्रियाको कर्मकाण्ड देखाएर पन्छिने नभई योग्य मान्छे खोजेर स्वतन्त्रता पूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने भन्दै उनले अहिले उपाध्यक्ष चयनका लागि अघि बढेको प्रक्रिया रद्द गर्न माग गरेका छन् ,उनले भने ।

आफूले चिकित्सा शिक्षा ऐनको अपनत्व ग्रहण नगरेको भन्दै डा. केसीले तर त्यसमा सुधारका लागि लडिरहेको हुनाले उपाध्यक्ष छनोटका विषयमा मौन रहन नसक्ने बताएका छन् ।

केसीले मिडियाको घाँटी थिच्ने गरी मिडिया काउन्सिल ऐन र आम नागरिकको मुख थुन्ने गरी सूचना प्रविधि ऐन ल्याउन लागेको भन्दै त्यसलाई फिर्ता लिन पनि माग गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*