‘मिस टीन भारत’ को उपाधि नेपाली चेलीलाई

२०७६ असार २६,बिहीबार १६:२६

काठमाडौं २६ असार । भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया निकिता थापा मगरले ‘मिस टीन भारत’ प्रतियोगिताको उपाधि हात पारेकी छिन् ।

यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ थापाले भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर उपाधि हात पारेकी हुन् ।

भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो ठूलो सफलता हो ।

निकिताले ‘मिस टीन भारत’ को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार म्युजिक भिडियो र एउटा सर्ट मूभिमा अभिनयको सम्झौता भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*