विप्लव समूहका भातृ संगठन रेड युथफोर्सका अध्यक्ष पक्राउ

२०७६ असार २६,बिहीबार १६:०८

सुर्खेत २६ असार । विप्लव समूह निकट भातृ संगठन रेड युथफोर्सका अध्यक्ष शिखर पहाडी (हिमशिखर) पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौकुने गाउँपालिका–९ सुर्खेत निवासी जहरे नेपालीका छोरा शिखर पहाडी रहेका छन् ।

उनलाई बुधबार राति वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा सुर्खेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

विशेष सूचनाका अधारमा सुर्खेत पिपिरा नजिकैको क्षेत्रमा शङ्कास्पद शिखरलाई प्रहरीले जाँच शुरु गरेपछि उनले प्रहरीसँग वादविवाद गरेका थिए ।

विवादको क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा शिखर विप्लवका कार्यकर्ता ठहर भएको सुर्खेत प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*