दुर्घटनामा गाउँपालिकाका अध्यक्ष सिलवाल घाइते

२०७६ असार २६,बिहीबार १५:५९

धादिङ २६ असार । धादिङबेंसीतर्फ जाँदै गरेको बा १४ च १६४४ नंको बोलेरो जिपले बा ९१ प ३६३९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक घाईते भएका छन् ।

बोलेरोको ठक्करबाट मोटरसाईकल चालक सोही गाउँपालिका अध्यक्ष ६२ वर्षीय प्रेमनाथ सिलवाल घाईते भएका हुन् ।

घाइते अध्यक्ष सिलवाललाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ट्रमा अस्पतालमा पठाइएको छ । दुर्घटनापछि ठक्कर दिने गाडी र चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*