कर तथा राजस्व नतिर्ने हेटौंडाका २५ व्यवसायी कालोसूचीमा

२०७६ असार २६,बिहीबार ११:०५

मकवानपुर, २५ असार । आन्तरिक राजस्व कार्यालय हेटौंडाले कर तथा राजस्व नतिर्ने हेटौंडाका २५ व्यवसायीलाई कालोसूचीमा राखी कारबाही अघि बढाएको छ ।

लामो समयदेखि १३ व्यवसायीबाट मूल्य अभिवृद्धि कर र १२ व्यवसायीबाट आयकर असुल नभएकोले उनीहरुलाई कालोसूचीमा राखी कारवाही अघि बढाइएको राजस्व कार्यालय हेटौंडाले जनाएको छ ।

कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका १६ जनाबाट राजस्व छली गरेको आरोपमा जरिवानासहित राजस्व असुल गर्नाका साथै अनुगमनलाई समेत तीव्रता दिइएको बताएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*