सवारी दुर्घटना न्यूनिकरणका लागी चालकको स्वास्थ्य परिक्षण

२०७६ असार २६,बिहीबार ०९:२०

मकवानपुर २६ असार । दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरेको छ ।

बुधबार मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेस्थित भैंसे बजारमा उक्त कार्यक्रम संचालन गरिएको हो ।

पछिल्लो समयमा बढ्दो सवारी दुर्घटनालाई विश्लेषण गरी हेर्दा सवारी दुर्घटनामा सार्वजनिक सवारी साधनहरुको संलग्नता धेरै देखिएको परिपेक्षमा सार्वजनिक सवारी साधनहरुबाट हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ यस किसिमको कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख हरी बहादुर क्षेत्रीले जानकारी दिए ।

उक्त विशेष कार्यक्रम संचालन गर्न सामुदायिक आँखा अस्पताल हेटौडा, प्राथमिक स्वास्थ्य चौकी भैंसे र स्थानीय सरोकारवाला निकायहरुको सहकार्यमा गरिएको थियो ।

उक्त कार्यक्रममा विभिन्न सवारी साधनहरुका १०९ जना चालकहरुको स्वास्थ्य चेकअप गरिएको थियो । जस अन्तर्गत आँखा परिक्षण, रक्त चाँप, तौल तथा अन्य चेकजाँच समेत गरिएको थियो ।

यसका साथै सवारीको सामान्य अवस्थाको बारेमा चेकजाँच समेत गरिएको थियो । उक्त शिविर कार्यक्रमा बसका ६, ट्रक टिपर ट्यांकरका ४, जिपकार ९१, अटो ई–रिक्साका ८ तथा सवारी साधनहरुका १०९ चालकलहरुको स्वास्थ्य चेकजाँच गरिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*