माछामासुको मूल्य निर्धारण गर्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आज बैठक बस्ने

२०७६ असार २६,बिहीबार ०८:४७

मकवानपुर २६ असार । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा आज सर्वपक्षिय वैठक बसी माछामासुको मूल्य बृद्धि गर्ने वा नगर्ने भन्नेबार निर्णय हुने जिल्ला पशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

माछामासु व्यवसायी संघ मकवानपुर र हेटौँडा मासु व्यवसायी संघले केहिदिन अघि माछामासुको मूल्य बृद्धि गरेपछि मकवानपुरको प्रशासन र उपभोक्ता हकहित संरक्षण मञ्चले आक्षेप लगाएको थियो ।

प्रशासनले आक्षेप लगाएको भन्दै मासु व्यवसायीले केहीदिन देखि माछामासु विक्रि वितरणमा समेत रोक लगाएका थिए ।

हिजो बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले आज विहिबार फेरी बैठक बस्ने गरी मासु पसल खोल्ने सुझाव दिएपछि मासु व्यवसायीले बुधबारबाट पसल संचालनमा ल्याएका हुन् ।
आज दिउँसो बस्ने सर्वपक्षिय बैठकले मासुको मूल्य निर्धारण गर्ने जनाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*