के हुँदैछ २५ मिटर सडक विस्तार ?

२०७६ असार २५,बुधबार १७:३०

मकवानपुर २५ असार । पूर्वपश्चिम राजमार्ग एवं त्रिभुवन राजपथ अन्तरगतको सडक विस्तारको कामले आज पनि निरन्तरता पाएको डिभिजन सडक कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

राजमार्गको सडकको दाँया/बाँया २५/२५ मिटर सडक क्षेत्रभित्रको संरचना हटाउने काम आज पनि भएको सडक विस्तारमा खटिएका एक जना कर्मचारीले तु खबरलाई जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार अम्लेखगंजबाट ३ नम्बर पुलसम्मको बाटोमा रहेको संरचना हटाउने काम लगभग सकिएको छ ।

स्थानीय आफैँले संरचना हटाउन मद्धत गरेकोले आफुहरुले बल प्रयोग गर्न नपरेको उनले जानकारी दिए ।

त्यसैगरी लोथरबाट चलेको डोजरले पनि संरचना हटाइरहेको उनको भनाई छ । उनको अनुसार ४ दिनसम्ममा लोथर र अम्लेखगंज दुबैतर्फको सडक विस्तार सकिने र हेटौँडामा विस्तारको काम अधि बढाइने छ ।

यो पनि पढ्नुहोस्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*