हेटौँडाका मासु पसल आजबाट खुल्यो, भोलि बार्ता हुने

२०७६ असार २५,बुधबार १७:०६

मकवानपुर २५ असार । माछामासु व्यवसायी संघ मकवानपुर र हेटौँडा मासु व्यवसायी संघले माछामासु पसल आजबाट खुलाउने भएको छ ।

माछामासुको मूल्य बृद्धी गरिएकोमा मकवानपुरको प्रशासनले आक्षेप लगाएको भन्दै संघले केही दिनदेखि माछामासु बिक्रीमा रोक लगाएको थियो ।

आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकमा आजैबाट माछामासु बिक्रि सुरु गरिने र भोलि असार २६ गते बार्तामा बसेर माछामासुको मूल्य निर्धारण गरिने गरी सहमति भएको माछामासु व्यवसायी संघ मकवानपुरले जानकारी दिएको छ ।

माछामासु व्यवसायी संघ मकवानपुरका अध्यक्ष शान्तकी खड्की र हेटौँडा मासु व्यवसायी संघका अध्यक्ष सुर्य अधिकारीद्वारा जारी विज्ञप्तीमा आजैबाट माछामासु बिक्रि खुल्ला गरिएको जनाइएको छ ।

हेर्नुहोस् विज्ञप्ती


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*