हेटौँडा–९ मा ६ महिने बेसिक कम्प्युटर तालिम समापन

२०७६ असार २५,बुधबार १४:२६

मकवानपुर २५ असार । व्यवसायिक तथा सीप विकास तालिम मकवानपुर र बेरोजगार युवा संगठन मकवानपुरको संयुक्त आयोजनामा ६ महिने कम्प्युटर सफ्वयरको आज (बुधबार) समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख आतिथि भण्डारीले आफुले सिकेको सीपलाई सदुपयोग गरी स्वरोजगार बन्न तालिमका प्रशिक्षार्थीहरुलाई आग्रह गरे । तालिम लिन अग्रसर हुने तर तालिमपछि भने त्यसको उपयोग गर्न नखोज्दा दक्ष जनशक्ति उत्पादन हुन नसकेको भन्दै अध्यक्ष भण्डारीले आफ्नो सीप र दक्षतालाई प्रयोगमा ल्याउन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा वडा नम्बर ९ का सदस्य सुकराम केसी, लक्ष्मी नेपाली र सीप विकास तालिम केन्द्रका प्रशिक्षक दिपक सुवेदी लगायतको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*