महिला आवासिय, कम्प्यूटर सफ्टवयर र कुक तालिम सम्पन्न

२०७६ असार २५,बुधबार ०७:२९

मकवानपुर २५ असार । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाको अयोजनामा महिला आवासिय, कम्प्यूटर सफ्टवयर र कुक तालिम सम्पन्न भएकोे छ ।

६ महिने सिलाईकटाई तालिममा अमृता बलामी र रचना राजथलाले प्रशिक्षण दिएका थिए ।

तालिममा मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, अर्घाखाँची, दोलखा, चितवन लगायतका १९ महिलाको सहभागिता रहेको थियो । तालिममा राधिका माझी(सिन्धुली) प्रथम, सरिताकुमारी मोक्तान(मकवानपुर) दोस्रा र करिष्मा परियार(अर्घाखाँची) तेस्रा भई क्रमशः ३ हजार, २ हजार, १ हजार रुपैया प्रदान गरिएको थियो ।

तालिमका सबै सहभागीलाई तालिम समापनका क्रममा १–१ थान सिलाई मेसिन प्रदान गरिएको थियो । त्यस्तै, २१ जना सहभागी ६ महिने कम्प्यूटर सफ्टवयर तालिममा दीपक सुवेदी र अच्युत पोखरेलले प्रशिक्षण दिएका थिए ।

यसैबीच, शारिरीक रुपमा अपाङ्गता भएकाका लागि स्वरोजगार तथा सीपमुलक ३ सय ९० घण्टे कुक तालिम सम्पन्न भएको छ । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको सहयोगमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाले तालिम सञ्चालन गरेको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ३ सँगको समन्वयमा आयोजना गरिएको तालिममा हिराप्रसाद पौडेलले प्रशिक्षण दिएका थिए ।

सुनिता क्षेत्री र सरिता थापा मगरले दोभासेको भुमिका निर्वाह गरेको तालिममा १० महिलासहित १८ जनाको सहभागिता रहेको थियो ।

सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख ईन्दिरा ओझाको प्रमुख आतिथ्य रहेको समापन कार्यक्रम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाका प्रमुख युवराज गुरुङ्गको अध्यक्षतामा भएको थियो ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*