सरकारी लगानीको दुरुपयोग – २५ मिटर सडक क्षेत्रमा हेउमनपाले गर्यो पार्क निर्माण

२०७६ असार २४,मंगलवार १९:०४

मकवानपुर २४ असार । हेटौँडा उपमहानगरपालिकाले सरकारी लगानीको दुरुपयोग गरेको छ ।
पूर्वपश्चिम राजमार्ग एवं त्रिभुवन राजपथ अन्तरगतको २५ मिटर सडक क्षेत्रमा पार्क निर्माण गरेर उपमहानगरपालिकाले सरकारी लगानीको दुरुपयोग गरेको हो ।

डिभिजन सडक कार्यालय हेटौँडाले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगतको सडकको दाँया/बाँया २५/२५ मिटर क्षेत्रभित्रको संरचना हटाउन सूचना जारी गरेर संरचना समेत हटाउन सुरु गरिसकेको बेला उपमहानगरपालिकाले २५ मिटर क्षेत्रभित्रै पार्क निर्माण गरेपछि उपमहानगरपालिकाको आलोचना सुरु भएको छ ।

उपमहानगरले वडा नम्बर १ स्थित राप्तिपुल नजिकै २५ मिटर सडक क्षेत्रभित्र पार्क निर्माण गरेको छ । तर उक्त क्षेत्रमा सडक विस्तार हुने डिभिजन सडक कार्यालय हेटौँडाले जनाएको छ । उपमहानगरपालिकाले आवश्यक समन्वय नगरी पार्क निर्माण गरेर हेटौँडावासीलाई हसाइरहेको छ ।

यस विषयमा तु खबरले उपमहानगरपालिकाका मेयर हरीबहादुर महतसंग कुराकानी गर्दा उनले पार्कमा कुनै संरचना निर्माण नगरिएको बताए । ‘हामीले फूल रोपेका हौँ, त्यसले नगरलाई सोभा बढाउँछ ।’ उनले भने । उनले ठूलो संरचना नभएकोले सडक विस्तारमा समस्या नहुने बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*