ओचिण्डद्वारा खानेपानी योजना अनुगमन

२०७६ असार २४,मंगलवार १५:४६

मकवानपुर २४ असार । र्याले इन्टरनेशनल नेपालको सहयोगमा महिला, बालबालिका तथा वातावरण सुधार मञ्च (ओचिण्ड) मकवानपुरले भीमफेदीमा निर्माण गरेको खानेपानी आयोजनाको आज मंगलबार अनुगमन गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर १ र ९ स्थित भैंसेको सानुटारमा निर्माण गरिएको खानेपानी योजनाको अनुगमन गरिएको हो ।

सानुटारमा १९ वटा खानेपानी आयोजना, १० वटा ह्यान्ड वास स्टेशन र ५ वटा शौचालय निर्माण गरिएको थियो । करिब ७ लाख रुपैयाँ लागतमा साँढे २ महिनामा निर्माण गरिएका योजनाको गाउँपालिकाका प्रतिनिधीसहितको सहभागितामा अनुमगन गरिएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती राना, गाउँपालिका वडा नम्बर १ का अध्यक्ष श्यामकुमार बल, खानेपानी योजना समितिका अध्यक्ष दिनेश लामा, ओचिण्ड मकवानपुरका प्रबन्ध निर्देशक उद्घबराज बानिया, पत्रकार बालकृष्ण दाहाल लगायतको अनुगमनमा सहभागिता थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*