२५ मिटर प्रकरण : चल्यो डोजर, रोकिएन सडक विस्तारको काम

२०७६ असार २४,मंगलवार १४:३०

मकवानपुर २४ असार । पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगतको सडक विस्तारको काम आज मंगलवार पनि धमाधम भइरहेको डिभिजन सडक कार्यालय हेटौँडाले जनाएको छ ।

राजमार्गको दाँया/बाँया २५/२५ मिटर सडक विस्तार गर्ने क्रममा आज मकवानपुर र चितवनको सिमाना लोथर, त्यसैगरी बारा र मकवानपुरको बिचमा रहेको अम्लेखगंजमा संरचना भत्काउने काम भईरहेको छ ।

हिजो सोमबार लोथर र अम्लेखगंजबाट २५ मिटरभित्र पर्ने संरचना हटाउन सुरु गरिएको थियो । वर्षाको अवरोध भएपछि हिजो सोमबार सडक विस्तार २ दिनको लागि स्थगित गर्नेे भनिएको थियो । तर स्थानीय आफैँले संरचना हटाउन मद्धत गरेको भन्दै डिभिजन सडकले आज पनि विस्तारको कामलाई निरन्तरता दिएको छ ।

आज लोथर र अम्लेखगंजबाट हेटौँडातर्फ सडक विस्तार भईरहेको छ ।

यो पनि पठ्नुहोस्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*