मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मकवानपुरका प्रजाको मृत्यु

२०७६ असार २४,मंगलवार १०:४५

मकवानपुर २४ असार । मकवानपुरको मनहरीमा करेन्ट लागेर १६ वर्षीय किशोरको मृत्यु भएको छ ।

गएराति मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मनहरी गाउँपालिका वडा नम्बर ६, रुपाचुरीी १६ वर्षीय किशोर सञ्चलाल प्रजाको मृत्यु भएको हो ।

विद्युतीय लाइनमा मोवाइल चार्ज गर्ने क्रममा एक्कासी करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*