अपडेट : २५ मिटर सडक विस्तार बुधबारसम्मको लागि स्थगित

२०७६ असार २३,सोमबार १७:०४

मकवानपुर २३ असार । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडक विस्तारको काम बुधबारसम्मको लागि स्थगित भएको छ । डिभिजन सडक कार्यालय मकवानपुरले आजबाट चितवन र मकवानपुरको सिमाना लोथर, त्यसैगरी बारा र मकवानपुरको बिचमा रहेको अम्लेखगंगबाट सडक विस्तार सुरु गरेको भएपनि असार २५ गते बुधबारसम्मको लागि स्थगित भएको हो ।

डिभिजन सडक कार्यालय मकवानपुरले पानी परेर समस्या भएको भन्दै विस्तारको काम रोकेको हो ।
कार्यालयले दिएको जानकारी अनुसार लोथरस्थित सडक सिमाभित्रका संरचनाहरु स्थानियलेनै हटाइरहेको कारण पनि बुधबारसम्मको लागि समय दिइएको हो ।

त्यसैगरी अम्लेखगंजको काम पनि बुधबार सम्मको लागि स्थगित भएको छ ।

आज केही संरचना हटाइएको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

यो पनि पठ्नुहोस्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*