हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित मकवानपुरका थापा पक्राउ

२०७६ असार २३,सोमबार १४:२५

मकवानपुर २३ असार । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक पवन कुमार झा.को कमाण्डामा खटिएको प्रहरी टोलीले ८५ किलो ६ ग्राम अवैध लागूऔषध गाँजासहित मकवानपुरका एक जनालाई पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले प्राप्त विशेष सुचनाको आधारमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ च ८५५६ नं.को कारलाई चेकजाच गर्ने क्रममा कार चालक मकवानपुरको कैलाश गाउँपािलका–१ घर भई हाल चितवन इच्छाकामना गाउँपालिका–७ बस्ने ३० वर्षीय गणेश थापालाई नियन्त्रणमा लिइएको हो ।

थापालाई हेहौडा उपमहानगरपालिका–११, थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडक खण्डमा रोकी चेकजाँच गर्दा कारको पछाडी डिक्कीमा लुकाई छिपाई राखेको रातो प्लाष्टिकले बेरेको ६ वटा पोकामा राखेको उक्त गाँजासहित आज (सोमबार) बिहान पक्राउ गरेको हो ।

थापालाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान तथा कारबाही भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*