कोपा अमेरिका कप फुटबलको उपाधि ब्राजिलले हात पार्यो

२०७६ असार २३,सोमबार ११:०५

कोपा अमेरिका कप फुटबलको उपाधि आयोजक ब्राजिलले हात पारेको छ । गएराति भएको खेलमा पेरुलाई ३–१ गोलले हराउँदै घरेलु टोली ब्राजिलले उपाधि हात पारेको हो ।

ब्राजिलको जितमा एभर्टनले १४ औं मिनेटमा खाता खोलेका थिए । एभर्टनले ग्यब्रीयल जेससको पासमा गोल गरेका थिए ।

ब्राजिलको अग्रतालाई पेरुले ४४ औं मिनेटमा पेनाल्टी गोल मार्फत तोडेको थियो । पेरुका बराबरी गानेल जोसे पाओलो गुरेरोले पेनाल्टीको सदुपयोग गरेका थिए । त्यसपछि ४५ औं मिनेटमा ब्राजिलका ग्याब्रीयल जेससले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

७० औं मिनेटमा जेसस दोहोरो पहेंलो (रातो कार्ड) खाँदै बाहिरीएपछि ब्राजिल १० खेलाडीमा समेर्टिको थियो । खेलको अन्तिम मिनेटमा रिचारलिसनले अर्को गोल थप्दै ब्राजिलको जित सहज बनाए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*