२५ मिटर सडक विस्तारको विषयमा आनन्द पराजुलीले भने : विनाश नभई विकास हुँदैन

२०७६ असार २३,सोमबार १७:३४

मकवानपुर २३ असार । नेपाली काँग्रेस हेटौँडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुलीले विनाश नभई विकास नहुने तर्क दिएका छन् । आज तु खबरसंग कुराकानी गर्दै उनले हेटौँडामा २५ मिटर सडक विस्तार गर्नैपर्ने बताए । उनले विभिन्न बाहानामा विकासको काम रोक्न नहुने बताए ।

उनले भने ‘ हामी प्रदेशको राजधानी हुनुपर्छ पनि भन्छौँ, सडक फराकिलो पार्नु हुन्न पनि भन्छौँ अनि कसरी हुन्छ विकास ?, विनाश नभई विकास हुँदैन, सडक विस्तार गर्नैपर्छ ।’

प्रदेश सरकारले १६ मिटर भन्दै जनतालाई अन्यौलमा राखेकोप्रति उनले असन्तुष्टी व्यक्त गरे ।
‘घरधनीले मुआब्जा पाउनुपर्छ ?’ भन्ने प्रश्नमा राज्यले सुकुम्वासीनै पार्न भने नहुने उनले बताए । मुआब्जा पाएकाहरु को– को हुन् अनि नपाएका को– को हुन् उनीहरुको पहिचान गरेर राज्य अघि बढ्नुपर्ने उनको धारणा छ ।

डिभिजन सडक कार्यालयले आज लोथर र अम्लेखगंजबाट संरचना भत्काउन सुरु गरेको भन्दै हेटौँडा हकमा पनि राज्यले सोचेर सडक विस्तारको काम अघि बढाउनुपर्ने उनले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*