प्रदेश–३ मा ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन

२०७६ असार २२,आईतवार १८:११

मकवानपुर, २२ असार । प्रदेश नम्बर ३ मा ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन रहेका छन् ।

आईतबार काठमाडौंमा एक कार्यक्रम गरी स्वास्थ्य निर्देशनालयले प्रदेश नम्बर ३ मा ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन रहेको जनाएको हो ।

उक्त वडाहरुमा सामान्य उपचारको समेत व्यवस्था नरहेको जानकारी दिँदै प्रदेशका ४९ प्रतिशतले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको छ भने २८ प्रतिशत गर्भवती महिलाले मात्र आईरन चक्की खाने गरेको पाइएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी प्रदेशमा ७१ प्रतिशत महिलाले मात्र स्वास्थ्य चौकीमा सुत्केरी गराउने, ५९ वर्ष उमेर समूहका ४३ प्रतिशत महिलालाई रक्तअल्पताको समस्या रहेको समेत जानकारी गराईएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*