मकवानपुरको भिमफेदीबाट विभिन्न चाँदीका गहनासहित मोटरसाईकल चालक पक्राउ

२०७६ असार २२,आईतवार १७:०८

मकवानपुर, २२ असार । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसे चोकबाट लुकाई छिपाई ल्याउँदै गरेको अन्दाजी १० केजी चाँदीसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा बहुदरमाई गाउँपालिका–५ बस्ने १९ वर्षीय प्रकाश साह रहेका छन् उनलाई अन्दाजी १० केजी चाँदीका विभिन्न गहनासहित प्रहरीले शनिबार पक्राउ गरेको हो ।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३८ प ६४७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीमुनी लुकाई छिपाई राखेको उक्त परिमाणको चाँदी फेला पारी मोटरसाईकल चालक साहलाई पक्राउ गरेको हो । घटनाको विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*