भिमफेदी गाउँपालिकाले गरिदियो १०८ चेपाङ परिवारको नि : शुल्क स्वास्थ्य बीमा

२०७६ असार २०,शुक्रबार १५:५९

मकवानपुर २० असार । मकवानपुरको भिमफेदी गाउँपलिकाले गाउँपालिकाभित्र रहेका १०८ परिवार चेपाङ समुदायको नि : शुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।

भिमफेदी गाउँपालिकाले आर्थिक बिपन्नताका कारण स्वास्थ्य उपचारबाट बञ्चित हुँदै आएका १०८ चेपाङ परिवारका ५०५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो ।

गाउँपालिकाको ४ लाख १९ हजार रुपैयाँ लगानीमा बिपन्न परिवारका चेपाङहरुको स्वास्थ्य बीमा गरिदिएको हो । बीमा भदौंबाट लागू हुने गाउँपालिका कार्यालयले जनाएको छ ।

बीमा गरिएका परिवारलाई शुक्रबार गाउँपालिकाले बीमा कार्ड हस्तान्तरण गरेको छ ।

गाउँपालिका वडा नम्बर–२ कार्यालयबाट बीमा गरिएका परिवारको सदस्यलाई गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना लगायतले विमाको परिचय पत्र वितरण गरेका थिए ।

तथ्याङक अनुसार वडा नं. १ मा २६ परिवारमा ७५ जना, वडा नं. २ मा २० परिवारको ८३ जना, ३ वडा नं. मा ४ परिवारको १५ जना, वडा नं. ४ मा ८ परिवारका २५ जना, वडा नं. ६ मा २५ परिवारको १३७ जना, वडा नं. ७ मा १ परिवारको २१ जना र वडा नं. ९ मा २७ परिवारको १३९ जना चेपाङहरुको स्वास्थ्य बीमा गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*