मनहरीमा विषालु च्याउँ खाँदा एकै परिवारको ४ जना विरामी, दुईको अवस्था गम्भीर

२०७६ असार २०,शुक्रबार ११:५२

मकवानपुर २० असार । मकवानपुरको मनहरी गाउँपालिका–८, सिम्पानीमा विषालु च्याउँ खाँदा एकै परिवारका ४ जना विरामी परेका छन् ।

विषादी च्याउ खाएर स्थानीय कृष्णबहादुर तामाङको श्रीमती २८ वर्षीया विनिता तामाङ, उनको छोरा ८ वर्षीय महेश तामाङ, छोरी ६  वर्षीया अनिता तामाङ र उनकै छोरी साढे २ वर्षीया मनिषा तामाङ विमारी परेका छन् ।

बिमारीमध्ये महेश र मनिषाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विहिबार बेलका विषालु च्याउँ खाई विरामी भएका उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*