मन्त्री यादव किन आउँदैछन् हेटौंडा ?

२०७६ असार २०,शुक्रबार ११:५३
फाइल फोटो

मकवानपुर । उद्योगमन्त्री मातृका प्रसाद यादव आज हेटौंडा आउने भएका छन् । हेटौंडा – ९ मा  बनेको क्यालिव्रशन टावर आज उद्घाटन गर्न मन्त्री यादव आउने भएका हुन् ।

तेल ट्याङ्करहरुको तेल नाप्न बनाइएको क्यालिव्रशन टावरको उद्घाटन गर्न मन्त्री यादव आउन लागेको व्यवसायी उत्सव इटेनीले जानकारी दिएका छन् ।

नाप तौल विभागले निर्माण गरेको सो टावरको आजबाट उद्घाटन हुनेछ ।

व्यवसायी इटेनीका अनुसार, नेपालमै यो टावर पहिलो हो । पहिले भारतमा मात्र क्यालिव्रेशन हुने गरेकोमा अब नेपालमा हेटौंडामा नापजाँच हुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*