श्रमसँग नजोडिए सिर्जनात्मक सकिन्छः डा. पौडेल

२०७६ असार १९,बिहीबार १०:५१

मकवानपुर १९ असार । नेपाल कम्युनिष्ट पार्टीका नेता डा. बिजय पौडेलले श्रमसँग जोडिन नसके मानिसहरुको सिर्जनात्मक क्षमता सकिने बताएका छन् ।

कैलाश गाउँपालिकाको सहयोगमा फिलिङ्गो मिडियाले आयोजना गरेको युवा क्षमता विकास कार्यशालालाई सम्बोधन गर्दै डा. पौडेलले सो कुरा बताएका हुन् । धारणा राखेका हुन् ।

उनले मानव विकासको इतिहाँस हेर्दा श्रमले नै मानिसहरुको विवेक बढाएको र आगामी दिनमा श्रमलाई नै निरन्तरता दिन सकेमा मात्र मानिसहरु सिर्जनशील हुने धारणा राखे ।

‘बढ्दो बुर्जुवा शैली र दलालीकरणले मानिसहरु सिर्जनशील बन्न छोडेका छन्’, डा. पौडेलले भने–‘सिर्जनशील नहुने मानिसहरुले प्रगति गर्न सक्दैनन् र समाज समेत रुपान्तरण हुन सक्दैन ।

कार्यक्रममा उनले युवाहरुले अध्ययन बढाउनु पर्नेमा र युवाहरुले अध्ययन बढाएर सामाजिक, आर्थिक रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कैलाश गाउँपालिका वडा नं ५ का वडाध्यक्ष छेकु लामा, ९ का वडाध्यक्ष सुमन लटौला, नेकपा जिल्ला कमिटीका सदस्यहरु नरेन्द्र लाल रिजाल, बच्चुराम ढुंगाना, तत्कालीन प्रेस चौतारीका केन्द्रीय सदस्य शिवकुमार काशी, वाइसीएलका प्रदेश सदस्य कमल अर्याल, युवा संघका जिल्ला सचिव लक्ष्मण उप्रेती, ४ नं क्षेत्रीय इन्चार्ज गौरीशंकर बर्ताैला, क्युपेक नेपाल मनहरीका अध्यक्ष गोविन्द घलान लगायतको सहभागिता रहेको यिो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*