‘विप्लव’ खोज्न मकवानपुरमा प्रहरीको गस्ती, तत्काल रोक्न विप्लव समूहको चेतावनी

२०७६ असार १८,बुधबार ०९:०७
file photo

मकवानपुर १८ असार । नेत्र विक्रम चन्द विप्लव र उनको नेतृत्वको नेकपाका केन्द्रीय स्तरका नेताहरु खोज्न प्रहरीले गस्ती बढाएको छ । विप्लव, प्रकाण्ड र विप्लव समूहका अन्य नेताहरु मकवानपुरमानै भएको हुनसक्ने भन्दै प्रहरीले गस्ती बढाएको प्रहरी स्रोतले तु खबरलाई जानकारी दिएको छ ।

प्रहरी स्रोत भन्छ ‘ विप्लवका केन्द्रीय नेता मकवानपुरमानै छन् भन्ने विशेष सूचना भएकाले गस्ती तीब्र पारिएको हो । पूर्वी भेगमा गस्ती कडा पारिएको छ ।’
प्रहरी स्रोतका अनुसार गाउँबस्ती, डाँडाबास, गोगने,आग्रा, भार्ता, खैराङ लगायतका ठाँउमा निगरानी बढाईएको छ ।

स्रोतका अनुसार मकवानपुरका एसपी विप्लव समात्ने मिसनमा लागका छन् । यता विप्लव समुहका मकवानपुर सेक्रेटरी अनुरागले सरकारको दमनको विरुद्धमा कडा प्रतिकार गर्ने भन्दै विज्ञप्ती जारी गरेका छन् । प्रहरीले गस्ती बढाएर जनतामा त्रास फैलाएको विज्ञप्तीमा भनिएको छ ।

के भन्छन् एसपी सिंह ?

तु खबरले यसबारे मकवानपुरका प्रहरी उपरिक्षक एसपी मुकेश कुमार सिंहलाई जिज्ञासा राख्दा अन्य समयमा जस्तै मकवानपुरमा गस्ती गरिएको बताए । पूर्वी भेगहरुमा भने  सक्रिय रुपमा गस्ती गरिएको उनले बताए ।  उनले जनताको शान्ति सुरक्षाको लागि प्रहरी सक्रिय भएको भन्दै सरकारद्वारा प्रतिबन्धीत विप्लवका कार्यकर्ता र नेताहरुलाई कानूनी दायरामा ल्याइने बताए ।

सरकारले दमन गरेको भन्दै विप्लव समूहको विज्ञप्ती

सरकारले प्रहरी गस्ती पठाएर जनतालाई डर आतँक फैलाएको भन्दै सो काम तत्काल रोक्न विप्लव समूहका सेक्रेटरी अनुरागले आग्रह गरेका छन् । उनले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारले सो कार्य तत्काल नरोके कडा प्रतिकार गर्ने समेत चेतावनी दिए ।

विज्ञप्तीमा भनिएको छ, “दलाल सामाजिक फासिवादी सरकारले जनतामा अशान्त,डर,त्रास बनाउने उदेश्यले आज भोलि मकवानपुर जिल्लामा पनि विकट गाउँ बस्ती डाँडाबास,गोगने,आग्रा,भर्ता,कैलाश,खैरङ ठाउँहरुमा प्रहरी अप्रेसनले जनतामा डर आतंक फैलाएको छ । यस्तो काम तुरुन्तै बन्द होस् । , जनताको राजनैतिक चेनता राख्ने नैसर्गिक अधिकारबाट बञ्चित नगराईयोस् ।

विप्लव समुहको विज्ञप्ती र प्रहरीको गस्तीको कारण स्थानीय  त्रसित बनेका छन् ।

हेर्नुहोस् विज्ञप्ती

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*