८५ वर्षको उमेरमा प्राप्त गरिन् मकवानपुरकी स्याङतानले नागरिता

२०७६ असार १७,मंगलवार १३:३९

मकवानपुर १७ असार । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ की छोटिमाया स्याङतानले सोमबार ८५ वर्षको उमेरमा नागरिता प्राप्त गरेकी छिन् ।

मनहरी गाउाँपालिकाले सञ्चालन गरेको नेपाली नागरिकता वितरणको शिविरमा उनलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले नागरिकता प्रदान गरेका हुन् ।

नागरिता लिएसंगै खुसी व्यक्त गर्दै स्याङतानले अब म ढुक्कले सरकारले प्रदान गर्दै आइरहेको वृद्धभत्ता लिन्छु र दैनिक रुपमा आवश्यक पर्ने सरमान जोड्न सहज हुने बताईत् ।

स्याङतान संगैसंगै अन्य ९७ जनाले पनि नेपाली नागरिकको प्रमाणपत्र लिएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*