सवारी दुर्घटनामा एक जनाको मृत्यु, मकवानपुरका ३ जनासहित ६ जना घाईते

२०७६ असार १७,मंगलवार ११:१२

मकवानपुर १७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

आज बिहान करिब ३ः४० बजेको समयमा लालबन्दी नगरपालिका–१७, फुलजोर पुलस्थित बा ३ ख २०५४ नंको बस र ना ५ ख ७७९५ नंको ट्रक एकापसमा ठोक्किँदा बसका चालक ईश्वरपुर नगरपालिका–१२ घारीबथानका २४ वर्षीय माधव लायोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुघर्घटनाबाट बसमा सवार ३ जना र ट्रकका चालकसहित ३ गरी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घाइते हुनेमा ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–११ का रञ्जित ठोकर, प्रताप ठोकर, रोहित लामा, सर्लाही ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ध्रुवप्रसाद घिमिरे, गोपाल घिमिरे र सुजन घिमिरे रहेका छन् ।

घाइते सबैको लालबन्दीका विभिन्न अस्पातालमा उपचार भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*