राष्ट्रिय धान दिवसको आवसरमा भिमफेदी–६ मा जेष्ठ नागरिक सम्मान

२०७६ असार १६,सोमबार १४:५१

मकवानपुर १६ असार । मकवानपुरको भिमफेदी गाँउपालिकाको आ.व. २०७५–०७६ को बिनियोजिट बजेट अनुसार राष्ट्रिय धान दिवसको अवसरमा भिमफेदी गाँउपालिकाको वडा नं ६ मा जेष्ठ नागरिक सम्मान तथा वृद्ध भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार वडा नं ६ का वडाअध्यक्ष सिताराम थापाको सभाध्यक्षता तथा भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्बती रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन कुवर, कार्यपालिका सदस्य मंगला देबी श्रेष्ठ, सदस्यहरु सनत घिसिङ्ग, रेसम बहादुर पुलामी, कार्यलय सहायक प्रविण थापा मगर लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख आतिथिसमेत रहेका रानाले गाउँपालिकामा रहेका सम्पुर्ण जेष्ठ नागरिकहरुको हितको लागि कार्य गर्ने र सोही अनुरुप नीति तथा कार्यक्रममा समावेस गरि बजेट बिनियोजन गरिने बताईन् ।

सम्पुर्ण जेष्ठ नागरिकहरुको परिचय पत्र तयार गरि बितरण गर्न सुरु गरिएको साथै स्वास्थ्य बिमा गराउने र ६० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुका लागि यस वर्षबाट घर–घरमा स्वास्थ्य जाँच गर्न स्वास्थ्य कर्मी पठाउने र सबै बाबु–आमाहरुलाई स्वस्थ्य र सम्मान पुर्बक जिउने आधारसिला तयार गरेर अगाडि बड्ने बताईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*