शिक्षक संगठन मकवानपुरगढीको प्रथम ऐतिहासिक गाउँपरिषद् तथा विस्तारित जिल्ला बैठक सम्पन्न

२०७६ असार १५,आईतवार १२:३३

मकवानपुर १५ असार । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरगढी गाउँपालिकाको प्रथम ऐतिहासिक गाउँपरिषद् तथा विस्तारित जिल्ला बैठक शनिबार मकवानपुरगढी दरवार परिसरमा सम्पन्न भएको छ।

गाउँपालिकाका अध्यक्ष बिदुर हुमगाईको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय परिषद् सदस्य रमेश प्रसाद लामिछानेको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

देश संघीयतामा गईसकेपछि शिक्षकका पेशागत अधिकार स्थानीय तहलाई नै सुम्पिएकोले स्थानीय शिक्षक संगठन नै क्रियाशील भएर लाग्नु पर्नेमा बक्ताहरुले जोड दिएका थिए।

कार्यक्रममा प्रमुख आतिथि समेत रहेका गाउँपालिकाका अध्यक्ष विदुर हुमगाईले शिक्षा क्षेत्रको विकासमा आफू सकरात्मक भएर लागिपरेको बताउदै मकवानपुर गढी गाउँपालिकामा प्राबिधिक शिक्षाको थालनी, नमुना विद्यालको विकास एवम् सम्पूर्ण विद्यार्थिलाई दिवा खाजा ब्यवस्था गरिएको अवगत गराएका थिए ।

 

यस्तै संगठनको विस्तारित जिल्ला बैठकले भने आफ्नै नीजि भवन निर्माण र घडेरी खरिदका लागि कार्यदल निर्माण गरि अघि बढ्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सुनिल गौतमले बताए ।

संगठन पालिका अध्यक्ष शिबप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष श्रीराम दाहाल, उपाध्यक्ष द्वय लक्ष्मी गजुरेल, किशोर बर्तौला, सचिव पुरुषोत्तम आचार्य, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, लगायत जिल्ला एवम् पालिका कमिटिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा करिव १ सय ५० जनाको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*