बकैयामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

२०७६ असार १३,शुक्रबार १६:२९

मकवानपुर १३ असार । मकवानपुरको बकैया गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको छ । आज (शुक्रबार) बाट बकैया गाउँपालिका–५ मा एक कार्यक्रम गर्दै रोजगार कार्यक्रम सुरु गरिएको हो ।

गाउँपालिकाको वडा नंबर ५ को संयोजनमा बकैया गाँउपालिका रोजगार महाशाखाले गरेको कार्यक्रममा पालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशाशकिय अधिकृत लक्ष्मण पुडासैनी,रोजगार कार्यक्रम संयोजक रामचन्द्र खड्का, सु्चना प्रविधी अधिकृत सन्तोस पाण्डे,वडा अध्यक्ष शेरमान घलान लगायतको सहभागीता थियो ।

बकैया ५ र ६ जोड्ने सुकौरा–राजदमार सडकखण्डमा साइकल बाटो निर्माण गर्न रोजगार कार्यक्रममा आवद्ध ३ सय ७० जनाले काम गर्नेछन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*