बिसालु च्याउ खाँदा मकवानपुरमा एक जनाको मृत्यु

२०७६ असार १३,शुक्रबार १५:३२
File Photo

मकवानपुर १३ असार । बिसालु च्याउ खाँदा मकवानपुरमा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ गाउँपालिका वडा नम्बर ७ निवासी एक किशोरीको मृत्यु भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनको बुवा, भाई र दाई पनि अचेत अवस्थामा रहेको स्रोतले जानकारी दिएको छ ।
प्रहरी घटनास्थल पुग्दै गरेको जानकारी छ । अचेत भएका ३ जनालाई अस्पताल लाने प्रयास भईरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*