विपत व्यवस्थापन तथा स्काउट परिचयात्मक तालिम सम्पन्न

२०७६ असार १३,शुक्रबार ११:३३

मकवानपुर १३ असार । सूर्य स्काउट ट्रूपको आयोजनामा प्राथमिक उपचार, विपत व्यवस्थापन तथा स्काउट परिचयात्मक तालिम सम्पन्न भएको छ । सूर्य स्काउट ट्रूपका इकाई अध्यक्ष एंव प्रधानाध्यापक ज्ञान बहादुर राइको सभाध्यक्षतामा एंव बागमती गाउपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

स्काउट शिक्षक राजकुमार राईले संचालन गरेको कार्यक्रममा विशिष्ट अतिथि नेपाल स्काउट, मकवानपुरका जिल्ला तालिम आयुक्त(पु.) अशोक सारु मगरले नेपाल सरकारले स्थानीय तहमासमेत हरेक विद्यालयमा अनिवार्य स्काउट कक्ष सञ्चालन गर्नुपर्ने परिपत्र भईसकेकोले गाउँपालिका भरी स्काउट कार्यक्रम संचालन गर्न बजेट विनियोजित गरी कार्यक्रम चालन गर्न सुझाव दिएका थिए ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि बाग्मती गाउपालिका, मकवानपुरका उपाध्यक्ष धनमाया स्याङ्तानले स्काउट कार्यक्रममा तालिम लिएकाहरु अनुशासित हुने र जीवन उपयोगी सीप सिकेका हुनाले विभिन्न प्रकोप तथा विपत्तिमा समेत ठेलो सहयोग दिन सकिने भएकोले सरकारले नै सबै विद्यालयमा अनिवार्य स्काउट कार्यक्रम संचालन गर्न पहलभएको जानकारी दिईन् ।

बाग्मती गाउँपालिको आर्थिक सहयोग तथा सुर्य माध्यमिक विद्यालयको सूर्य स्काउट ट्रूपको आयोजना मकवानपुर जिल्ला स्थित आमभन्ज्याङ गाविसको बागमती गाउँपालिकाको माझगाउँ –१ सुर्य मा.वि. मा प्राथमिक उपचार, विपत व्यवस्थापन तथा स्काउट परिचयात्मक तालिम सुर्य मा.वि. र बागमती मा.वि.का ३० जना विद्यार्थीहरुको सहभागी गराई तालिम संचालन गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*