प्रदेशसभा बैठकमा नेकपा नेतृ सिग्देलले सुनाइन् यस्तो कथा

२०७६ असार १२,बिहीबार १९:३३
Featured Video Play Icon

मकवानपुर १२ असार । नेकपा मकवानपुरकी अध्यक्ष एवं प्रदेशसभा सदस्य मुनु सिग्देलले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्ष ०७६/०७७ बजेट माथि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा एउटा कथा सुनाएकी छिन् ।

उनले प्रदेश सरकारले ल्याएको बजेटमाथि आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो कथा सुनाईन् । ‘गाउँमा २ दाजुभाईलाई भिन्द हुनपर्ने अवस्था आएछ, परिवारमा एउटा गाई रहेछ अनि गाई २ भाईलाई बाँड्नुपर्ने अवस्था आएछ,अनि कसरी बाँड्ने भनेर बहस भएछ, एउटाले घाँस खुवाउने र अर्कोले दुघ दुहुने गरी र भकारो सोर्ने गरी जिम्मा पाएछ ,त्यो पनि परिवारका सदस्यको भोटको आधारमा, भोट कम पाउनेले घाँस हाल्ने जिम्मा पाएछ अनि भोट बढी पाउनेले भकारो सोर्ने र दुघ दुहुने जिम्मा पाएछ ।

सधैँ घाँस हाल्ने भाईलाई कम घाँस हाल्दा गाईले कम दुघ देला अनि अर्को भाईले कम दुघ खान पाउला भनेर डाहा भएछ, उसले घाँस कम हाल्न थालेछ तर दुघ दुहुने भाई निकै चलाख रहेछ अनि उसले पनि राती राती गाईलाई घाँस खुवाउँदो रहेछ अनि दुघ घटेनछ । उनी कथा अगाडि बढाउँदै भन्छिन् – अत्ति भएपछि डाहा गर्ने भाईले गाईलाई मार्नुपर्छ की क्या हो भनेर तयारी गरेछ तर अर्को भाई पनि निकै चनाखो रहेछ । भाईले बद्मासी गर्ला की भनेर सजग भएछ त्यसकारण भाईले गाई मार्न पाएनछ, यत्ति भनेर उनले आफ्नो कथा पुरा गरेकी छिन् ।

उनले समृद्धिको यात्रामा पुग्न सुपर रेल चढ्यो भने छिट्टै पुगिन्छ भन्ने कुरा आफूलाई थाहा भएको बताउँदै तर अहिले स्कूटरभन्दा सुबिधा आफूहरुलाई नभएको उनले बताइन् । रेल चढेर समाजवादको यात्रामा पुग्ने आफूहरुको चाहना रहेको उनले बताइन् ।

स्थानीय सरकार, संघीय सरकार समेतले तय गरेको स्पीडको आधारमा गन्तब्यमा पुग्न जरुरी रहेको उनले बताएकी छिन् । हाम्रा बजेटहरु जनतामुखी छन् कि छैनन् भनेर बुझ्न जरुरी रहेको उनले बताइन् । गत वर्ष आफ्नो सरकारले बजेट खर्च गर्न नसकेको समेत उनले सुनाइन् ।

यद्यपी आज बजेट प्रदेशसभाबाट पास भइसकेको छ ।

हेर्नुहोस् भिडियो – 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*