विप्लव समुहका मकवानपुर जिल्ला युवा संगठनका अध्यक्ष पक्राउ

२०७६ असार ११,बुधबार १९:४७

मकवानपुर ११ असार । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला नेतालाई आज पक्राउ गरेको छ ।

विप्लव निकट युवा संगठनका जिल्ला अध्यक्ष बकैया गाउँपालिका वडा नम्बर ६ का शमसेर घिसिङलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहका अनुसार घिसिङलाई बकैया ४ जुरेलीबाट पक्राउ गरिएको र उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

घिसिङमाथी राजनीतिक संलग्नता भए नभएको आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*